आफ्नो सबै सम्पत्ति राज्यको नाममा रहेको एमाले अध्यक्षको दाबी

आफ्नो सबै सम्पत्ति राज्यको नाममा रहेको एमाले अध्यक्षको दाबी

एमाले अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता खड्गप्रसाद शर्मा ओलीले आफ्नो नाममा व्यक्तिगत सम्पत्ति नभएको बताउनुभएको छ । आज संसदमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अघिल्लो आफ्नो नेतृत्वको सरकारको कुनै गल्ति र कमजोरी फेला नपारेपछि विरोधीले अनेक किस्सा जोडेर प्रचार गरेको आरोप लगाउनुभएको हो । ‘कहिँ कतै गल्ति नभेटेर बालुवाटार काण्ड जबर्जस्ती उठाइयो । केपीसँग अर्बौं रुपैयाँ भएको हल्ला पिटाउँदै एक टेलिभिजनमा चर्चा गरियो,’ भन्दै उहाले खण्डन पनि गर्नु भएको छ ।

खण्डन गर्ने क्रममा ओलीले भन्नुभयो, ‘यदि मेरो सम्पत्ति रहेछ भने आजै र अहिले नै सरकारको नाममा गरिदिए हुन्छ । मेरा सारा सम्पत्ति राज्यको नाममा छ ।’

टिप्पणीहरू