माधवको पार्टीले काठमाडौँ–१५ जित्यो
आठ महिनाअघि एमालेबाट विद्रोह गरेर गठन भएको देशकै कान्छो पार्टी नेकपा एकीकृत समाजवादीले सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँ महानगरपालिकामा वडाध्यक्ष जितेको छ । नेपाली काँग्रेस र एमालेका उम्मेदवारलाई धेरै मतान्तरले हराउँदै समाजवादीले काठमाडौँ–१५ मा वडाध्यक्षसहित सिंगो प्यानल हात पारेको हो ।
भर्खरै सम्पन्न मतगणनामा समाजवादीका उम्मेदवार ईश्वरमान डङ्गोलले ३४७६ भोट ल्याएर वडाध्यक्षमा बाजी मार्दा निकटम प्रतिस्पर्धी काँग्रेसका जीवन डंगोलले १५२७ भोट पाएका छन् । यहाँ सदस्यहरु पनि समाजवादीका उम्मेद्वारहरुले ठूलो मतान्तरले जितेका हुन् ।
अघिल्लो चुनावमा एमालेबाट वडाध्यक्ष जितेका ईश्वर एमाले फुटेपछि माधव नेपालसँगै समाजवादीमा लागेका थिए । उनलाई समाजवादीले पुनः दोहोर्याएको हो ।
काठमाडौँ–१५ मा माल्चाटार, स्वयम्भू, गीतामाता, विजेश्वरी, शोभाभगवतीलगायतका क्षेत्र पर्दछन् ।
टिप्पणीहरू