श्रीमतीको गुप्ताङ्गमा हात हालेर पाठेघर निकाल्ने श्रीमान पक्राउ

श्रीमतीको गुप्ताङ्गमा हात हालेर पाठेघर निकाल्ने श्रीमान पक्राउ

चितवनको खैरहनीमा सुन्दैमा आङ सिरिङ्ग हुने जघन्य अपराधको एउटा घटना सार्वजनिक भएको छ । खैरहनी नगरपालिका-१० का एक व्यक्तिले आफ्नी श्रीमतीको गुप्ताङ्गमा हात पसाएर पाठेघर निकालेर फालिदिएका हुन् ।

श्रीमतीलाई निर्घात कुटेर पाठेघर निकाल्ने व्यक्ति हुन् खैरहनी-१० मुसहरवस्तीका रामचन्द्र माझी । श्रीमतीलाई कोठामा बन्दक बनाएर कुटपिट गरि गुप्ताङ्गमा हात छिराएर पाठेघर निकालेर माझीले समाजले कल्पनै गर्न नसक्ने जघन्य अपराध गरेका हुन् ।

प्रहरीका अनुसार माझीले हिजो राति श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरेर पाठेघर निकालेका हुन् ।

कुटपिटबाट घाइते श्रीमतीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । आरोपित रामचन्द्रलाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख अनोज विश्वकर्माले जानकारी दिए ।

घटनापछि स्थानीयले रामचन्द्रलाई समातेर प्रहरीलाई बुझाएका थिए ।

टिप्पणीहरू