डिजल बोकेका ट्यांकरमा आगो दनदनी

डिजल बोकेका ट्यांकरमा आगो दनदनी

रुपन्देहीको भलवारीस्थिते नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ । आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा दुईवटा ट्यांकरमा आगलागी भएको हो ।

आगलागी हुँदा लु.२ख २६५६ र लु.२ख ५६८५ नम्बरको टयाङ्करमा पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । आज बिहान लागेको आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागी हुनासाथ सिद्धार्थनगर, बुटवल र तिलोत्तमा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, निगमका कर्मचारी, अग्नि नियन्त्रकसमेत खटिएका थिए ।

टिप्पणीहरू