आकाशमार्ग प्रयोग गर्ने नेताको संख्या बढेको बढ्यै

आकाशमार्ग प्रयोग गर्ने नेताको संख्या बढेको बढ्यै

स्थानीय तहको निर्वाचन सकिएपछि भीआइपीहरुको आगमन र प्रस्थान बढेको छ । हिजो शिक्षामन्त्री देवेन्द्र पौडेल विदेश भ्रमणबाट फर्कनुभएको छ । उहाँ कतारको राजधानी दोहा हुँदै उडान नम्बर ६४८ बाट बिहान पौने १० बजे काठमाडौंमा उत्रनुभएको हो ।

हिजै काठमाडौंबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बिराटनगर जानुभएको छ । उहाँले बिहान पौने १२ बजे बुद्ध एअरको विमान प्रयोग गर्नुभएको हो ।

त्यसैगरी नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा.सशांक कोइराला हिजो बिहान पौने १२ बजे राजधानीबाट भरतपुर जानुभएको छ भने काँग्रेस नेता तथा पूर्वमन्त्री श्री एअरलाइन्सको उडानमा पौने १ बजे काठमाडौंबाट धनगढी पुग्नुभएको छ । कोइराला हिजै साँझ ५ बजे राजधानी फर्कनुभयो ।

यति एयरको उडानमा हिजै दिउँसो साढे ३ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पोखराबाट काठमाडौं आउनुभयो । बुध्द एयरको हिजो दिउँसो पौने ४ बजेको उडानमा काठमाडौंबाट मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह जनकपुर जानुभएको आन्तरिक विमानस्थल स्रोतले बताएको छ ।

बुध्द एयरको उडानमा काठमाडौंबाट पूर्वमन्त्री तथा माओवादी नेता मातृकाप्रसाद यादव हिजो साँझ सवा ६ बजे जनकपुर जानुभएको थियो ।

टिप्पणीहरू