दुई वर्षपछि जापानी व्यवसायीहरु उत्साहित

दुई वर्षपछि जापानी व्यवसायीहरु उत्साहित

कोरोना महामारीका कारण दुई वर्षदेखि बन्द रहेको जापानको अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय गरिएको छ । जापानले विश्वका ९८ मुलुकका नागरिकको लागि सीमा खुलाउने निर्णय गरेको हो ।

तर, अझै पनि केही प्रतिबन्ध भने जारी छ । विदेशी नागरिक र व्यावसायिक यात्रुहरूका लागि यात्रा प्रतिबन्धहरू पहिले नै खुकुलो पारिएको हो । गत मार्च महिनाको मध्यदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि प्रवेश अनुमति दिइएको छ । १० जुनदेखि पर्यटकहरुको समूहलाई प्रवेश अनुमति दिइनेछ ।

तर, एक सय वटा देश र क्षेत्रलाई रातो, पहेँलो र निलो गरी तीन वटा जोखिम समूहमा विभाजन गरिएको छ । त्यहाँको विदेश मन्त्रालयका अनुसार जोखिम समूह मूल्याङ्कन गरेर ती देशबाट आउने आगन्तुकलाई क्वारेन्टिनमा राख्ने वा नराख्ने भन्ने बारेमा आवश्यक निर्णय गरिनेछ ।

पयर्टन जापानी अर्थतन्त्रको एउटा मुख्य हिस्सा हो । महामारीका कारण सन् २०२० मा पर्यटक आगमन ९० प्रतिशतभन्दा बढीले घटेको थियो । विदेशी पर्यटकहरुका लागि सीमाना खुला गरेसँगै त्यहाँका पयर्टन व्यवसायी उत्साहित भएका छन् ।

टिप्पणीहरू