चुचुरोमा पुगेको ५४ वर्षपछि फेदमा कार्यक्रम

चुचुरोमा पुगेको ५४ वर्षपछि फेदमा कार्यक्रम

आजभन्दा ६९ वर्षअघि सगरमाथाको चुचुरोमा मानव पहिलो पाइला परेको थियो । त्यतिबेलाका नेपाली तेञ्जिङ शेर्पा र न्युजिल्याण्डका आरोही एडमण्ड हिलारीले सन् १९५३ को मे २९ तारिखका दिन सगरमाथाको शिखरमा पाइला राखेका हुन् ।

त्यहि दिनलाई सम्झेर मे २९ अर्थात् आजभन्दा १५ वर्ष अघिदेखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालियो । सगरमाथालाई अंग्रेजीमा माउण्ट एभरेष्ट पनि भनिन्छ । यसको उचाइ आठ हजार आठ सय ४८ दशमलव ४५ मीटर छ । पहिलेभन्दा अहिले यसको उचाई ४५ सेन्टिमिटरले बढेको हो ।

सगरमाथा दिवसको अवसर पारेर आज कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरिएको छ । विश्वको सगरमाथा शिखर,नेपालको गौरव भन्ने मूल नाराका साथ १५ औं सगरमाथा दिवस मनाइएको हो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने,पर्यटन विभागका महानिर्देशक ताराप्रसाद अधिकारी,ट्रेकिङ्ग एसोसिएसन नेपालका अध्यक्ष कुमबहादुर श्रेष्ठ, पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश नर्सिङ्ग राना,मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेललगायतको उपस्थिति थियो ।

टिप्पणीहरू