यसैगरी झुक्याएर बारुद्को ट्रक भित्र्याइयो भने नि !
नेपाल-भारत सीमावर्ती क्षेत्र कपिलवस्तुको कृष्णनगर छेउबाट अबैध रुपमा भित्र्याइँदै गरेको कपडा समातिएको छ । ग्यासको चुल्हो लिएर एउटा ट्रक आइरहेको सूचना आएपछि कस्तो प्रकारको चुल्हो भनेर भन्सार चेकजाँच गर्दा कपडा फेला परेको कृष्णनगर भन्सार कार्यालयले जानकारी दियो ।
हिजो शनिवार एजेन्टले ग्यांस चुलाे भन्दै प्रज्ञापन गराएको र शंका लागेर चेक गर्दा २५० गाेटा ग्यांस चुलाे र २०२ पाेका महंगा कपडा बरामद भएकाे छ । सुलभ इन्टरप्राइजेज काठमाडौंकाे नाममा करोडौं पर्ने २७ सय १० पीस कपडा कूल १० लाख ८४ हजारकाे मात्र बिलिङ्गमा भारतीय कष्टमकाे इक्जिम काेड १२७५११६७००१५० एनपीबाट निकासी गरिएकाे थियाे ।
भारतमा कष्टम गर्दा ग्यांस चुलाे नै थियोे तर कृष्णनगर भन्सारमा भएकाे कपडा बरामदबारे आफूलाई जानकारी नभएकाे सिएचए (कष्टम एजेन्ट) ले बताएका छन् ।
सन्चारकर्मीहरुले कष्टम सुपरिटेन्डेन्ट पियुष पाण्डेसंग पुछताछ गर्दा आफ्नाे कमजाेरी लुकाउँदै केही बाेल्न मानेनन् र यसबारे कुनैपनि जानकारी लिन परे माथिल्लो निकायमा सम्पर्क गर्न अनुराेध गरे ।
कुनैपनि मालवाहक गाडी नेपाल छिर्दा भारततिर भन्सार पार गरिसकेपछि उताको एसएसबीले पनि चेकजाँच गर्छ,बोर्डर भन्सार निरिक्षकले पनि जाँच गरेपछि बल्ल नेपाल भित्रिने गर्छ तर यसपटक गज्जब मिलेमतो देखिएको छ ।
भारतीय कष्टमले यस्तै लापरवाही गर्दा कोइलाको ट्रकमा द्वन्द्वताका एक ट्रक बारुद माओवादीले भैरहवा भन्सारबाट छिराएका थिए । भाेलिका दिन पनि यस्तै अवस्था नआउला भन्न सकिन्न ।
कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्दन पाैडेलले राज्यकाे लाखौंकाे राजस्व छली हुनबाट जाेगिएको बताए । उनले भन्सार यार्डसम्म पुगेकाे अवैध कपडा अहिले नियन्त्रणमा रहेकाे,सबै प्रक्रिया पूरा गरी २ सय प्रतिशत जरिवाना लगाइनुका साथै हकदाबी गर्न कोही नआएमा लिलाम गर्न सकिने पनि बताए ।
भन्सार अधिकृत विकास उपाध्यायले एच आर ५५ ए ५६४८ नम्बरको भारतीय ट्रकमा सुलभ इन्टरप्राइजेजका अमितकुमार धाेबीकाे नामबाट अवैध कपडाकाे प्रज्ञापन वीरेन्द्र यादव हुँदै दिनेश चाैहानले पास गराउन खोजेको जानकारी दिए ।
भन्सारले नियन्त्रणमा लिएकाे कपडा कृष्णनगरकै कपडा व्यवसायी सुरेखा कन्सर्नकाे रहेकाे र काठमाडौंमा रहेका डिलरहरुलाई पठाउन लागिएकाे हो ।
-मनिष गुप्ता
टिप्पणीहरू