तारा एअरको विमान खोज्ने टोली कोबाङमा अड्कियो
आज बिहान पोखराबाट जोमसोमतर्फ उडेको तारा एअरको विमान मुस्ताङको कोबाङ नजिकै दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ । सेनाको एमआई १७ हेलिकप्टर केही बेरअघि कोबाङमा पुगेर उत्रिएको छ ।
त्यहाँबाट बढीमा दुई किलोमिटर दूरीवीच विमान दुर्घटनामा परेको आशंका गरिएको छ । सेनाको हेलिकप्टर कालो बादल र बाक्लो हुस्सुका कारण कोबाङबाट अघि बढ्न सकेको छैन भने जोमसोमबाट आएको फिसटेल एअरको हेलिकप्टर पनि बाक्लो हुस्सु र बादलको कारण ठाउँमा पुग्न सकेको छैन ।
नेपाली सेनाको पश्चिम कमाण्डका सेनापति मेजर जनरल बाबुराम श्रेष्ठको नेतृत्वमा उध्दार टोली पोखराबाट कोबाङ पुगेको छ ।
टिप्पणीहरू