कोरियन भाषा परीक्षा बिहीबारदेखि
कृषि तथा पशुपालन क्षेत्रमा कामदारको रुपमा कोरिया जान चाहनेहरुको भाषा परीक्षाको मिति तोकिएको छ । वैदेशिक रोजगार विभागले आगामी १९ गतेदेखि असार ३ गतेसम्म परीक्षा सञ्चालन गर्न लागेको हो ।
परीक्षा केन्द्र ललितपुरको भैसेपाटीस्थित सिभिटी भवन तोकिएको छ । दैनिक तीन सिफ्टमा परीक्षा सञ्चालन गरिने विभागले जानकारी दिएको हो ।
परीक्षा सञ्चालन हुनुअगावै परीक्षार्थी हलभित्र छिरिसक्नुपर्नेछ । परीक्षामा सहभागी हुन आउनेले स्मार्ट वाच, मोबाइल, क्याल्कुलेटरलगायत अन्य उपकरण लैजान पाउने छैनन् ।
कसैले यस्ता विद्युतीय उपकरण लिएर आएमा अनुचित ठहरिने विभागले चेतावनी दिएको छ ।
यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।
टिप्पणीहरू