डेढ दर्जन चिनियाँ डाक्टर डेढ वर्षदेखि यतै अड्किए

डेढ दर्जन चिनियाँ डाक्टर डेढ वर्षदेखि यतै अड्किए

चीनले वार्षिक रुपमा १७ जना चिनियाँ क्यान्सर विशेषज्ञलाई नेपालमा रोगीको उपचारनिम्ति पठाउने गरेको छ । यो क्रम ३० वर्षदेखि चलिरहेको छ । तर पछिल्लो टोली डेढ वर्षभन्दा बढी समयदेखि यतै रोकिएको छ ।

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ती चिकित्सक रोकिएका हुन् । चीनको सहयोगमा वि.सं. २०४९ सालमा स्थापित उक्त अस्पतालमा नेपाल र उत्तरी भारतका धेरै जना बिरामी उपचारको निम्ति आउने गरेका छन् ।

चीनको खर्चमा वार्षिक १७ जना चिनियाँ विशेषज्ञ यहाँ आउने गरेको अस्पताल स्रोतले बताएको छ । तर विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण डेढ वर्षदेखि पछिल्लो टोली यतै अड्किएको हो । एक वर्षमा स्वदेश फर्कने भनेर आएका घर फर्कन नपाएका हुन् ।

अब नयाँ टोली जुन १४ अर्थात जेठ मसान्तको दिन नेपाल आउन लागेको छ । त्यसपछि मात्र अहिलेका १७ जना फर्कने कार्यक्रम छ । उनीहरु २८ जुन अर्थात आगामी असार १४ गते स्वदेश फर्कंदै छन् ।

टिप्पणीहरू