पाइलटको बोली आउन्न, फोन भने बजेको बज्यै
पोखराबाट जोमसोमका लागि उडेको केही मीनेटमै बेपत्ता भएको तारा एअरको जहाजको खोजीकार्य टिटी लेक वरपर केन्द्रित गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । पाइलट प्रभाकर घिमिरेको फोन ट्रयाक गर्दा सो क्षेत्रमा देखाएकाले त्यता खोज्न थालिएको हो ।
नेपाली सेनाका १० जना र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली मोबाइलको लोकेसन पत्ता लागेको स्थानतर्फ गएको प्राधिकरणका अधिकारीले बताएका छन् ।
बताइएअनुसार पाइलटको मोबाइलमा फोन लागिरहेको छ । सेनाको उध्दार टोली र हेलिकप्टर कोवाङ्ग पुगेर मौसम सुधारको पर्खाइमा छ । साँझ ढल्न लागेको र विकट पहाड तथा बाक्लो हुस्सुका कारण दुर्घटनास्थलमा पुग्न ढिलाई भएकोले त्यहाँको यथार्थ विवरण आउन थप समय लाग्ने अवस्था छ ।
टिप्पणीहरू