आगामी वर्ष ७ अर्बको झार उखेल्ने
सरकारले आगामी आर्थिक वर्ष दुई लाख बेरोजारलाई रोजगार दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा दुई लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिने बताउनु भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त प्रयोजनको लाग सात अर्ब पाँच करोड रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी जानकारी दिनु भएको हो ।
अघिल्लो सरकारले ल्याएको उक्त कार्यक्रममा सर्वसाधारणलाई रोजगारी दिने भनिए पनि सडक छेउका झार उखेले वापत ज्याला दिने गरिएको हो । उक्त कार्यमा प्रयोग भएकको बजेट रकम व्यापक दुरुपयोग हुँदै आएको यसअघिका अध्ययनले देखाइसकेको छ ।
टिप्पणीहरू