रेल र मेट्रोका लागि छ अर्ब छुट्याइयो
सरकारले रेल र मेट्रो रेल आयोजनाका लागि छ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त कुरा बताउनुभएको हो ।
पूर्वपश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिइने अर्थमन्त्री शर्माले बताउनुभयो । वीरगन्ज–काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने उहाँको भनाइ छ ।
विराटनगर–धरान, पथलैया–वीरगन्ज, भैरहवा, बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने उनको मन्त्री शर्माले जानकारी दिनुभयो ।
जयनगर–जनकपुर–कुर्था यातायात रेल सेवा विस्तार गरी विजयपुरसम्म यातायात सञ्चालन गरिने, विजयपुरा बर्दिबास र विराटनगर खण्डमा जग्गा प्रक्रियाका लागि स्रोतको प्रबन्धन मिलाएको पनि उहाँले बताउनुभयो ।
विर्तामोड–जलेश्वर–जनकपुर रेल यातायात सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिने पनि अर्थमन्त्रीको भनाइ छ ।
टिप्पणीहरू