दोलखामा फिल्म सिटी, काभ्रेमा इन्डोर स्टुडियो

दोलखामा फिल्म सिटी, काभ्रेमा इन्डोर स्टुडियो

दोलखामा फिल्म सिटी र काभ्रेमा इन्डोर स्टुडियो निर्माण गरिने भएको छ । आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले फिल्म सिटी इन्डोर स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो ।

दोलखामा फिल्म सिटी निर्माण गरी सरकारी–निजी साझेदारीमा अघि बढ्ने तथा काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो बनाइने बजेटमा उल्लेख गरिएको छ ।

यसैगरी नेपाली कला, भाषा र मौलिकता झल्किन गीत तथा फिल्म सिर्जना गर्ने सर्जकलाई प्रोत्साहन गरिने अर्थमन्त्री शर्माले बताउनुभयो ।

टिप्पणीहरू