कैदीघरका लागि ३७ करोड छुट्याइयो
सरकारले कारागार निर्माणका लागि ३७ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको अनुमातित बजेट प्रस्तुत गर्दै पुरानाको मर्मत र १० वटा नयाँ कारागार बनाउन ३७ करोड रकम छुट्याइएको जानकारी दिनुभएको हो ।
अर्थमन्त्रीले कारागारभित्र भएको श्रमको मूल्याङ्कन गरेर उचित व्यवस्थापन गरिने पनि बताउनुभएको छ । सरकारले कैदीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य बीमा गर्ने घोषणा पनि गरेको छ ।
टिप्पणीहरू