टिकट रद्द गराएर प्रमुख निर्वाचन आयुक्तको परिवार मुस्ताङ्गबाट बाग्लुङ्ग झर्दै

टिकट रद्द गराएर प्रमुख निर्वाचन आयुक्तको परिवार मुस्ताङ्गबाट बाग्लुङ्ग झर्दै

स्थानीय तहको चुनाव सम्पन्न भएलगत्तै मुस्ताङ घुम्न जानुभएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया जहाज दुर्घटनाको खबरपछि टिकट रद्द गराएर काठमाडौँ फर्किन लाग्नुभएको छ ।

चुनावको तनाव मेट्न परिवारसहित अस्ति तारा एअरको सोही जहाजबाट जोमसोम पुग्नुभएका उहाँ पूर्वनिर्धारित भ्रमण छोट्याएर सडकमार्ग हुँदै बाग्लुङतर्फ लाग्नुभएको हो ।

प्रमुख आयुक्त थपलिया र उहाँको परिवार आज बेपत्ता भएको ताराको ९ एनएईटी कल साइन ट्विनअटर जहाजबाट शुक्रवार जोमसोम पुगेको र भोलि सोही जहाजमा फर्किने टिकट कन्फर्म थियो । तर,आजै उक्त जहाज बेपत्ता भएपछि काठमाडौँ फर्किन उहाँ गाडी चढेर बाग्लुङ्ग झर्नुभएको हो ।

‘अहिले म मुस्ताङ्गबाट बाग्लुङ्ग झर्दैछु । भोलि फर्किने गरी जहाजको टिकट थियो तर आजै हरायो भन्ने सुनेपछि टिकट क्यान्सिल गराएर गाडीमा आउन लागेका हौँ’,उहाँले भन्नुभयो ।

सडक विभागको गाडीमा लिफ्ट मागेर अहिले बाग्लुङ्ग जाँदै गरेको र भोलि काठमाडौँ आइपुग्ने उहाँले जानकारी बताउनुभयो । जहाज दुर्घटनाबारे सोधिएको प्रश्नमा प्रमुख निर्वाचन आयुक्त थपलियाले खराब मौसम र मानवीय त्रुटिका कारण दुर्घटना भएको भन्ने सुनिएको जानकारी दिनुभयो ।

टिप्पणीहरू