दुर्घटनाग्रस्त जहाज १९ घण्टापछि भेटियो,सबैको मृत्यु

दुर्घटनाग्रस्त जहाज १९ घण्टापछि भेटियो,सबैको मृत्यु

हिजो बिहानदेखि पोखरा र जोमसोम दुबै टावरसङ्ग सम्पर्कविहिन रहेको तारा एअरको जहाजको भग्नावशेष थासाङ्गमा फेला परेको छ ।

सबै यात्रु र चालक दलको मृत्यु भएको पाइएको छ । सेना,प्रहरी,शेर्पा पर्वतारोही खोजी दल र स्थानीय अहिले घटनास्थल पुगेका छन् ।

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको थासाङ गाउँपालिकाको सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । सानुसरे कोबाङबाट नजिकैको दूरीमा पर्छ ।

उद्धारमा खटिएका नेपाली सेनाको टोलीले जानकारी दिएको छ । यात्रुहरुको शव पोखरा ल्याउने तयारी गरिएको छ ।विमानमा दुई जर्मन नागरिक, चार भारतीय, १३ नेपाली र तीन जना चालकदलका सदस्यसहित २२ जना थिए । विमान अनकण्टार पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो ।

टिप्पणीहरू