ऋषिको कार्यक्रममा सिसीको चर्चा
हिजो साँझदेखि राति १० बजेसम्म दरबारमार्गको एउटा पाँच तारे होटलमा मुलुकका ठूलाबडाहरुको उपस्थिति देखियो । उहाँहरु याक एण्ड यति होटलमा पत्रकार ऋषि धमलाको निम्तो मान्न पुग्नुभएको हो ।
धमलाको प्राईम एचडी टेलिभिजनको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि हुनुहुथ्यो उपराष्ट्रपति नन्दबहादुर पुन । अस्तिसम्म बाँडिएको निम्तोमा भने प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाको नाम थियो । हिजो सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि अतिथिको रुपमा पुग्नुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङलगायत दुई सय बढीको उपस्थिति थियो । सभामुख,नेता तथा सांसदहरु बजेट भाषण र संसद बैठक सकाएर नयाँ बानेश्वरबाट सोझै त्यहाँ आउनुभएको थियो ।
कार्यक्रममा जसरी पनि सहभागी हुन धमलाले सभामुख सापकोटालाई लैनचौरस्थित निवासमा दिउँसो साढे १ बजेदेखि आधा घण्टासम्म भेटेर अनुरोध गरेका थिए । यता सहभागीहरुले भने कार्यक्रम ढिलो आयोजना हुँदै गर्दा ऋषिलाई पाँच तारे होटल र डिनरसँग जोडेर विभिन्न किस्सा बनाएको सुनिएको थियो ।
टिप्पणीहरू