धनगढीमा ह्वाट्सएप नम्बर छ्याप्छ्याप्ती
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरबासीलाई ह्वाट्सएप नम्बर दिनुभएको छ । पालिकामा हुने भ्रष्टाचार, काममा ढिलासुस्ती तथा अन्य गुनासो सुन्न उहाँले ह्वाट्स्एप नम्बर दिनुभएको हो ।
सार्वजनिक सरोकारका सवालमा नगरबासीका समस्या तथा कर्मचारीबाट हुने ढिलासुस्तीलाई सम्बोधन गर्न मेयरको कार्यालयले ९८५८४८८८९५ ह्वाट्सएप नम्बर सार्वजनिक गरेको हो ।
सार्वजनिक सेवामा कुनै गलत क्रियाकलाप भएमा नगरबासीले सोझै सो नम्बरमा सम्पर्क गर्न सक्ने बताइएको छ । नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विकास निर्माणमा ढिलासुस्ती, स्तरहीन काम भए नागरिकले सोझै फोन गर्न सक्ने मेयर हमालले बताउनुभयो ।
साथै, उहाँले व्यक्तिगत प्रयोजनका लागि उक्त नम्बरमा फोन नगर्न आग्रह समेत गर्नुभएको छ ।
टिप्पणीहरू