तारा एअरको ब्ल्याक बक्ससँगै अर्को शव पनि भेटियो

तारा एअरको ब्ल्याक बक्ससँगै अर्को शव पनि भेटियो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा अस्ति बिहान भएको तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा सबैको मृत्यु भएको थियो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार दुर्घटनास्थलमा ब्ल्याकबक्ससमेत भेटिएको छ । हिजो फेला नपरेको अर्को शव र दुर्घटनास्थलमा भेटिएका अन्य सामानसहित उद्धारमा खटिएका सबै सुरक्षाकर्मी त्यहाँबाट फिर्ता भएका छन् ।

कोबाङमा ल्याइएका १२ शवलाई केही बेरपछि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ पठाउने तयारी गरिएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोबाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।

टिप्पणीहरू