कबड्डी ४’ की नायिकाविरुद्ध मूर्दावादको नारा,पोष्टर जलाइयो

कबड्डी ४’ की नायिकाविरुद्ध मूर्दावादको नारा,पोष्टर जलाइयो

चलचित्र ‘कबड्डी–४’ की नायिका मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने मागसहित आज चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । नायिका मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै युवाहरुको एक समूहले प्रदर्शन गरेको हो ।

चलचित्रको प्रमोशनका लागि गएका बेला फुर्वा लामा नामक एक युवाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले थुनाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न पनि माग गरेका छन् । युवाहरूले फिल्मको पोष्टरसमेत जलाएका छन् ।

टिप्पणीहरू