पत्रकारहरुलाई १० महिने तालिम
पत्रकारहरुको क्षमतालाई थप निखार्न र पत्रकारिता क्षेत्रबारे नयाँ ज्ञान दिन नेपाल प्रेस इन्ष्टिच्यूटले १० महिनासम्म तालिम सञ्चालन गर्ने भएको छ । इन्ष्टिच्यूटले ३८ औँ समूहको कार्यक्रम सञ्चालन गर्न लागेको हो । पत्रकारिताबारे इच्छुक व्यक्ति उक्त कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
तालिमका लागि असार १० गतेसम्म आवेदन दिन सकिने इन्ष्टिच्यूटले जनाएको छ । पहिलो छ महिना सघन तालिम हुनेछ । तालिम बिहान साढे सात बजेदेखि साढे नौ बजेसम्म हुनेछ भने साताको पाँच दिन मात्र तालिम सञ्चालन हुने बताइएको छ ।
पछिल्लो चार महिना मिडिया हाउसमा आबद्ध गराएर प्रयोगात्मक अभ्यास गराउने इन्ष्टिच्यूटले जानकारी दिएको छ । १२ कक्षा उत्तीर्ण गरेकाले निवेदन दिन सक्नेछन् भने तालिम प्रवेशका लागि निवेदकले टेलिफोनिक अन्तर्वार्ता समेत दिनुपर्नेछ ।
अन्तर्वार्तामा उत्तीर्ण भएका निवेदकलाई एनपीआईले बैंक खाता नम्बर उपलव्ध गराउने छ । त्यसमा शुरुमा कम्तीमा १० हजार रुपैयाँ जम्मा गरेपछि भर्ना प्रक्रिया पूरा हुनेछ । पूरा शुल्क भने २५ हजार निर्धारण गरिएको छ । पहिलो कक्षा आगामी असार १६ गतेदेखि सुरु हुनेछ ।
टिप्पणीहरू