भन्सार एजेण्टको नतिजा निस्कियो
भन्सार विभागले एजेण्टका निम्ति लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत बैशाख १६ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
सार्वजनिक नतिजाअनुसार परीक्षामा आठ सय ६० जना उत्तीर्ण भएका छन् । विभागले जम्मा ६ सय ६० जना माग गरेको थियो । लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता असार ५ गतेदेखि सुरु हुनेछ ।
विभागले लोकसेवा आयोगसँगको सहकार्यमा परीक्षा सञ्चालन गरेको थियो । लिखित परीक्षामा पाँच हजार ६१५ जना सहभागी भएका थिए । भन्सार एजेण्ट (इजाजत पत्र ) का लागि भन्सार नियमावली, २०६४ को नियम ३७ (१) बमोजिम परीक्षा लिइएको थियो ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/05/customs-agent-result-final.pdf”]
टिप्पणीहरू