एमाले अध्यक्षको मुखबाट पनि भण्डाफोर शव्द निस्कियो

एमाले अध्यक्षको मुखबाट पनि भण्डाफोर शव्द निस्कियो

हरेक भाषणमा “अनुचित” शब्द नछुटाउने नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दल नेता केपी शर्मा ओलीले हिजो भने भण्डाफोर शव्द प्रयोग गर्नुभएको छ ।

पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट अनुचित ढंगले ल्याएको आरोप लगाउनु भएको छ । हिजो दिउँसो संसद भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा उहाँले त्यस्तो अनुचित बजेटको विरोध गर्न सांसदहरुलाई निर्देशन दिनुभएको हो ।

ओलीको भनाइ उद्धृत गर्दै एक जना माननीयले भने, ‘त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पर्छ । तपाईंहरु तयार भएर बस्नुस् ।’

टिप्पणीहरू