बुद्ध एयरको जहाज बीचैबाट फिर्ता

बुद्ध एयरको जहाज बीचैबाट फिर्ता

काठमाडौँबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको जहाज बीचैबाट फिर्ता भएको छ । जहाजको पछाडिको टायरमा समस्या देखिएपछि जहाजलाई काठमाडौँ फर्काइएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थलमा जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको छ । ‘ए–एनपी’ विमान करिब ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हो ।

काठमाडौँबाट भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाजमा ६९ जना यात्रु सवार थिए ।

टिप्पणीहरू