माओवादी जनप्रतिनिधि कुमारी हलमा छिरे
नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधि तालिम लिन काठमाडौँ आइपुगेका छन् । माओवादी केन्द्रले आयोजना गरेको प्रशिक्षणमा भाग लिन देशैभरबाट सो पार्टीका जनप्रतिनिधि काठमाडौँ आएका हुन् ।
कमलपोखरीस्थित कुमारी हलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,वर्षमान पुन, दिनानाथ शर्मा,लीलामणि पोखरेललगायतका नेताहरूले प्रशिक्षण दिने कार्यक्रम छ ।
यसपटकको निर्वाचनमा माओवादीले १२१ स्थानीय तहमा प्रमुख जितेको छ । अघिल्लो चुनावमा जितेका ५० प्रतिशत पालिका यसपटक गुमाएपछि माओवादीलेआफ्ना जनप्रतिनिधिलाई तालिम दिन लागेको हो ।
टिप्पणीहरू