बजेट कार्यान्वयन भए घर पास गर्दिने घोषणा

बजेट कार्यान्वयन भए घर पास गर्दिने घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद विमलप्रसाद श्रीवास्तवले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको बजेट कार्यान्वयन हुनेमा आशंका गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट कार्यान्वयनका चुनौती औंल्याएका हुन् ।

बजेटमा वीरगन्जमा कृषि औजार कारखाना र चिनी उद्योग सन्चालन गर्ने विषय समेटिएकोमा खुशी व्यक्त गरेका उनले कार्यान्यवनमा ढुक्कता खोजे । एकीकृत समाजवादी र माओवादी केन्द्रले स्थानीय चुनावमा एक सिटमात्रै जिते आफ्नो सबै जायज्येथा इछ्याएको व्यक्तिलाई पास गरिदिएर बृन्दावन जाने एमाले नेता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं ‘मार्सी’ कै शैलीमा सांसद श्रीवास्तवले वीरगन्जमा कृषि औजार कारखाना र चिनी उधोग सन्चालनमा आए आफ्नो घर सरकारको नाममा गरिदिने संसदबाटै घोषणा गरे ।

वीरगन्जमा कृषि औजार कारखाना सन्चालन गर्ने र चिनी उद्योग खोल्ने योजनाको स्वागत गरेका उनले भने, ‘यदि यो योजना लागू भएको खण्डमा लाखौं कृषक लाभान्वित हुन्छन् । तर, सरकारले हरियो घाँस देखाउन खोजेको हो भने यो निकै घातक हुनेछ ।

टिप्पणीहरू