तालिममा आएका जनप्रतिनिधिलाई माओवादीको रात्रिभोज

तालिममा आएका जनप्रतिनिधिलाई माओवादीको रात्रिभोज

पार्टीले आयोजना गरेको तालिम (प्रशिक्षण) मा भाग लिन काठमाडौँ आएका माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई आजको डिनर ललितपुरमा व्यवस्था गरिएको छ । कुपण्डोलको उकालो नजिकै रहेको हिमालय होटलमा जनप्रतिनिधिहरुलाई खानपिनको व्यवस्था मिलाइएको हो ।

कमलपोखरीस्थित कुमारी हलमा दिनभरि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुबाट प्रशिक्षण लिएर जनप्रतिनिधिहरु साँझ सात बजे डिनर खान हिमालय होटलमा आइपुगी राति ९ बजेसम्म खानपिन कार्यक्रम चल्ने बताइएको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा माओवादीले १२१ स्थानीय तहको प्रमुख र १२८ उपप्रमुख जितेको छ । अघिल्लो चुनावमा जितेका ५० प्रतिशत पालिका यसपटक गुमाएपछि माओवादीले नयाँ निर्वाचितहरुलाई शासकीय शैली,सत्ता सन्चालनलगायतका विषयमा तालिम दिएको हो ।

टिप्पणीहरू