सिंहदरबारमा फेरि रेल र मेट्रो

सिंहदरबारमा फेरि रेल र मेट्रो

अघिल्लो सरकार र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले निकै चर्चामा ल्याएको देशमा रेल र राजधानीमा मेट्रो तथा मोनो रेलको चर्चा फेरि चल्न थालेको छ ।

अघिल्लो सरकारले निकै चर्चामा ल्याएको उक्त विषय हिजो संघीय संसद सचिवालयमा उठेको हो । प्रतिनिधि सभाअन्तर्गत विकास तथा प्रविधि समितिको बैठकमा रेलको कुरो उठेको बताइन्छ ।

समितिका सभापति कल्याणीकुमारी खड्काको सभापतित्वमा हिजो बिहान पौने ११ बजेबाट बसेको बैठकमा रेल तथा मेट्रो रेल विकासको कुरो चलाइएको हो । झण्डै सवा घण्टासम्म भएको बैठकमा ती आयोजनाको वर्तमान अवस्थाबारे छलफल भएको थियो ।

टिप्पणीहरू