निर्वाचन आयोगको भनाई एकातिर,निर्वाचन अधिकृतको गराई अर्कोतिर

निर्वाचन आयोगको भनाई एकातिर,निर्वाचन अधिकृतको गराई अर्कोतिर

निर्वाचन आयोगले गरेको छानबिनको निश्कर्ष र जिल्लामा गरिएको निर्णय उल्टो देखिएको छ । आयोगको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा मतगणना यथाशीघ्र शुरू गर्न सुझाव दिइएको थियो । तर त्यसको ठीक विपरीत मतदान गर्ने निर्णय हुनुलाई आश्चर्य मानिएको हो ।

गत वैशाख ३० गते बाजुराको बूढीगंगा नगरपालिकामा भएको मतदान दोहिर्याउन नभई मतगणना गर्न भनिएको थियो । तर मतदान नै रद्द गरेर पुनः मतदान गर्ने निर्णय भएको तथ्य खुलेको छ ।

निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचनमा भएको भनिएको गलत कार्यको छानबिन गर्न आयुक्त सगुन समशेर राणाको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

समितिले स्थलगत अध्ययन गरेपछि बुझाएको प्रतिवेदनमा जिल्लाका सिडिओ, सुरक्षा अधिकारी तथा निर्वाचन अधिकृतले पदीय दायित्वभन्दा बाहिर गएर हस्तक्षेप गरेको निश्कर्ष निकालिएको छ ।

टिप्पणीहरू