चुनावको समीक्षा गर्न राजावादीहरु धुलिखेलमा

चुनावको समीक्षा गर्न राजावादीहरु धुलिखेलमा

स्थानीय तह निर्वाचनमा गणनायोग्य जित निकाल्न नसकेको राजावादीहरुको पार्टी राप्रपा चुनावी समीक्षामा जुटेको छ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चुनावको समीक्षा गर्न लागेको हो ।

काभ्रेको धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैठक बसिरहेको छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल भइरहेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन,पूर्वअध्यक्षहरू पशुपतिसमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन् । बैठक भोलिसम्म चल्ने बताइएको छ ।

निर्वाचनअघि सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको राप्रपाले उल्लेखनीय सिट जित्न भने सफल भएन । त्यसैको सेरोफेरोमा रहेर पूर्वपन्चहरुले छलफल गर्ने बुझिएको छ ।

टिप्पणीहरू