पेट्रोल र मट्टीतेलको भाउ बढाउने तयारी, पेट्रोलको भाउ एक सय ८८ रुपैयाँ हुने
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको भन्दै नेपाल आयल निगमले विज्ञप्ति निकालेको छ । बढेर आएको भाउको प्रसंगसहित विज्ञप्तिको अन्तमा नयाँ मूल्य तोक्न नसकोको अवस्थामा पेट्रोलियम पदार्थको भाउ बढाउनुको विकल्प नभएकोतर्फ संकेत गरिएको हो ।
निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढ्ने तरखरमा छ । खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य सामान्य घटेको भनिएको छ ।
जसअनुसार पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ २१ पैसा, मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ ९८ पैसा बढेर आएको हो । तर डिजेल प्रतिलिटर सात रुपैयाँ चार पैसा, ग्यासमा प्रतिसिलिन्डर एक सय २२ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ३६ पैसा घटेर आएको भनिएको छ ।
अब पेट्रोलको भाउ न्यूनतम प्रतिलिटर एक सय ८८ रुपैयाँ हुने अनुमान गरिएको छ । मट्तिेलमा पनि कम्तिमा प्रतिलिटर पाँच रुपैयाँ बढाइने स्रोतको दाबी छ । ग्यास, डिजेल र हवाइ इन्धनमा कति घटाइन्छ, त्यो हेर्न बाँकी छ । गत स्थानीय तहको निर्वाचनपछि दुई पटक सार्वजनिक सवारी साधनको भाडा बढेको छ भने हवाई भाडा पनि बढाइसकिएको छ ।
टिप्पणीहरू