होला त गुप्तचरमा दरवन्दी थप ?

होला त गुप्तचरमा दरवन्दी थप ?

राष्ट्रिय अनुसन्धान विभागको बढुवा र दरबन्दी थपमा अर्थमन्त्री जनार्दन शर्मा पनि तानिनुभएको छ । शर्मा निकट भनेर चिनिएका रोल्पाली हुतराज थापालाई एआइजीको दरवन्दी थपेर भए पनि भदौदेखि चिफ बनाउने खेल शुरु भएको बताइन्छ ।

आफ्नो मान्छेलाई भावी चिफमा उकाल्ने उद्देश्यका साथ अहिले दुई जना एआइजी (अतिरिक्त अनुसन्धान प्रमुख) बनाउने तयारी गरिएको हो जबकि अर्थमन्त्रीले बजेट भाषणमा आगामी आर्थिक वर्ष नयाँ दरबन्दी नथप्ने उद्घोष गर्नुभएको थियो ।

दुई हजार दुई सय कर्मचारी भएको विभागमा एउटा नयाँ दरबन्दी थपेर दुई जना एआइजी बनाउने विषयले चर्चा पाएको हो ।

सुरक्षा निकायमध्ये सबैभन्दा सानो संस्थामा एआइजी दुई जनाको औचित्य पुष्टि गर्न धेरैलाई हम्मे परेको छ । तर गठबन्धन सरकारको नाममा सबैको भाग पुर्याउने बाध्यताले गुप्तचरलाई पनि गाँज्न थालेको अनुभूति हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा सुदूरपश्चिमको हुँ भन्दै एकथरिले खुट्टा उचालिसकेका छन् । ओम जोशी वरिष्ठ एआइजीमा बढुवा भएर भावी चिफ हुनेसम्मको रोड म्याप पनि सार्वजनिक गरिएको छ ।

त्यसो त संस्थाभित्र हुतराज र ओम जोशीभन्दा अरुलाई नै सक्षम मान्नेहरु पनि पाइन्छन् । टेकेन्द्र कार्की,सुमन बैध्य,हरिहर पौडेलहरुको दावी पनि कम छैन ।

टिप्पणीहरू