अध्यक्ष प्रचण्डलाई भेट्न बिहानैदेखि नेताहरूकाे लर्को

अध्यक्ष प्रचण्डलाई भेट्न बिहानैदेखि नेताहरूकाे लर्को

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अरु दलका नेताभन्दा केही बढी व्यस्त देखिनुभएको छ । उहाँ स्थानीय तहको निर्वाचन परिणामपछि भेटघाट र छलफलमा थप व्यस्त हुन थाल्नुभएको हो ।

हिजो नेपाली काँग्रेसको नेतृत्वप्रति कडा असन्तुष्टि जनाउनुभएका दाहाललाई भेट्न केही नेता साँझ खुमलटार पुग्नुभएको थियो । अस्ति दिउँसो लाँकुरीभञ्ज्याङ पुगेर साँझ त्यहिँ बास बस्नुभएका दाहालले नेपाली काँग्रेसलाई धेरै घमण्ड नगर्न चेतावनी दिँदै एमाले र उसका अध्यक्षको हालतमा पुर्याइदिन कुनै गाह्रो नभएको राजनीतिक चेतावनीयुक्त भाषा प्रयोग गर्नुभएको थियो ।

उनै दाहालसँग भेट्न आज बिहान ७ नबज्दै खुमलटारमा माओवादी केन्द्रका केही नेता र मन्त्रीहरु पुग्नुभएको छ । उहाँसँग नेता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री देवेन्द्र पौडेलले सवा ७ बजेदेखि झण्डै एक घण्टा संयुक्त र छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ ।

टिप्पणीहरू