सम्पत्ति शुद्धीकरणको पत्र बुझेपछि सोनिया गान्धी ओछ्यानमा

सम्पत्ति शुद्धीकरणको पत्र बुझेपछि सोनिया गान्धी ओछ्यानमा

काँग्रेस (आई) की अध्यक्ष सोनिया गान्धीलाई कोरोना संक्रमण भएको छ । कोरोना लागेको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेकी छन् । ‘कँग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, पार्टीका वरिष्ठ नेता तथा प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने ।

गान्धीलाई हल्का ज्वरो र रुघाखोकी लागेको प्रवक्ता सिंहले बताए । हिजो मात्र सम्पत्ति शुद्धीकरण मुद्दामा अध्यक्ष गान्धी र पार्टी नेता तथा छोरा राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले आगामी बुधबार उपस्थित हुन आदेश दिएको थियो ।

टिप्पणीहरू