६.१ म्यग्निच्युडको भूकम्पमा मारिनेको संख्या ४ पुग्यो ४५ जना घाइते

६.१ म्यग्निच्युडको भूकम्पमा मारिनेको संख्या ४ पुग्यो ४५ जना घाइते

चीनको दक्षिण पश्चिम सिचुआन प्रान्तको याआन सहरमा गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।

हिजो दिउँसो गएको भूकम्पमा परेर आज बिहानसम्म पाओक्सिङ काउन्टीमा ३४ र लुसान काउन्टीमा ११ जना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये एकको अवस्था गम्भीर छ । भूकम्पको केन्द्रबिन्दु १७ किलोमिटर गहिराइमा भएकाले शक्तिशाली अनुभव गरिएको अधिकारीहरुले पत्रकार सम्मेलनमा बताएका छन् ।

टिप्पणीहरू