काम नगर्ने, ठेक्का ओगट्ने ठेकेदारहरुको संख्या बढ्दो

काम नगर्ने, ठेक्का ओगट्ने ठेकेदारहरुको संख्या बढ्दो

ठेक्का सम्झौता गरी समयमै काम पूरा नगर्ने आठ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्माण कम्पनीहरुलाई निर्देशन दिएको हो ।

कालोसूचीमा राख्न नपर्ने आधार भए सात दिनभित्र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम ४(क) बमोजिम लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

कालोसूचीमा राख्न पठाइएका कम्पनीहरुमा आकाश एण्ड पवन कन्स्ट्रक्सन, पीयू कन्स्ट्रक्सन, मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्स, प्रवृक्षा निर्माण सेवा एण्ड सप्लायर्स प्रालि, सन्तुष्टि कन्स्ट्रक्सन हुन् ।त्यसैगरी, ठोकर, निभा, लयुल जेभी, जगदम्बा ड्रिलिङ कम्पनी, दिनेशक्षेत्र आर अग्रवाल इन्फ्राकोन प्रालि–नर्गुन कन्स्ट्रक्सन कम्पनी प्रा.लि.–कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रा.लि जेभी पनि कालोसूचीमा परेका छन् ।

टिप्पणीहरू