दरवार हत्याकाण्डको दिन राष्ट्रपति भण्डारी दहचोकमा
राष्ट्रपति विद्यादेवी भण्डारी आज थानकोट नजिकैको दहचोक पुग्नुभएको छ । उहाँ काजी कालु पाँडेको समाधिस्थल चन्द्रागिरि नगरपालिका १ दहचोक जानुभएको हो ।
त्यहाँ काजी कालु पाँडेको समाधिस्थल छ जसको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको थियो ।
आजैका दिन दरवार हत्याकाण्ड भएको थियो भने जेठ १९ गते नै पाँडे पनि मारिएका थिए । उनैको स्मरणमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी शीतल निवासबाट त्यहाँ जानुभएको हो ।
राष्ट्रपतिलाई प्रतिनिधिसभामा सो क्षेत्रका सांसद कृष्णगोपाल श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा,चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी,उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।
पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गरेपछि उहाँ दहचोक भ्यूटावरमा पनि उक्लिनुभएको थियो । वरिपरिको दृश्यको निम्ति दहचोक आफैँमा प्राकृतिक भ्यूटावर हो ।
टिप्पणीहरू