तारा एअरका विमानलाई एक हप्ता उड्न नदिइने

तारा एअरका विमानलाई एक हप्ता उड्न नदिइने

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेपछि उक्त कम्पनीको उडान एक हप्ताका लागि स्थगित गरिएको छ । यति एयरका अनुसार भोलिदेखि जेठ २७ गते सम्मका लागि पोखरा–जोमसोम–पोखरा रुटको उडान स्थगित गरिएको हो ।

आइतबार भएको दुर्घनामा १९ जना यात्रुसहित २२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ज्यान गुमाउनेहरूको शव आज आफन्तलाई बुझाइएको छ । विमान दुर्घटनाका विषयमा जाँचबुज गर्न सरकारले छानबिन समिति गठन गरिसकेको छ । आयोगलाई घटनाको कारण र आगामी दिनमा दुर्घटना हुन नदिन चालिनुपर्ने कदमबारे सुझाव दिन कार्यादेश सरकारले दिएको छ ।

टिप्पणीहरू