तातो नेपालगञ्जमा तनावको झिल्को
आज बिहानदेखि तनावग्रस्त नेपालगञ्ज क्षेत्र अझै पनि शान्त हुन सकेको छैन । स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न गएका राप्रपाका स्थानीय कार्यकर्ता र प्रहरीबीच बिहान झडप भएको थियो । झडपमा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् ।
केहीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्तालाई विनाशर्त रिहाईको माग राख्दै राप्रपा बाँकेले विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा सरकार पक्षले स्वर्गीय राजा वीरेन्द्रको शालिक तोडफोड गरेर इतिहासको अपमान गरेको आरोप लगाइएको छ ।
राप्रपाले आफ्ना कार्यकर्तामाथि गरिएको धरपकडको बिरोध गर्दै तत्काल रिहाइको समेत माग गरेको छ । नेपालगञ्जमा अत्यधिक गर्मी छ । तर पनि प्रदर्शनकारी र प्रहरीहरु निकै तनावमा देखिन्छन् ।
टिप्पणीहरू