कण्डम लगाऔं, मंकीपक्सबाट जोगिऔं
बेलायतमा मंकीपक्सको संक्रमण बढेसँगै सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । जसअनुसार उक्त रोगको भाइरस भएका जो कोहीलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह दिइएको छ ।
सावधानीको रूपमा संक्रमणपछि आठ हप्तासम्म कण्डम प्रयोग गर्न भनिएको छ । संक्रमणको जोखिम न्यून रहे पनि सर्वसाधारणलाई नयाँ दाग वा घाउप्रति सतर्क रहन सुझाव दिइएको छ । साथै भाइरस संक्रमित र उनीहरूको सम्पर्कमा रहेकालाई २१ दिनसम्म घरमा अलग्गै बस्न पनि निर्देशिकामा भनिएको छ ।
बेलायतमा मंकीपक्सबाट संक्रमित भएकाको संख्या १७९ पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएस) ले जनाएको छ । पछिल्लो समय ७१ जना थपिएपछि उक्त संख्या पुगेको हो । मानिसको शरीरमा रातो फोका देखिनु र हल्का ज्वरो आउनु मंकीपक्स संक्रमणका लक्षण हुनसक्ने बताइएको छ ।
टिप्पणीहरू