राप्रपानेताहरुले रत्नपार्कमा नारा लगाउँदै भने ‘सामन्ती गृहमन्त्री राजीनामा दे’
रत्नपार्कमा राप्रपाका नेताहरुले चर्को नारा लगाएका छन् । राप्रपा महानगर काठमाण्डौ कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा उनीहरुले नेपालगञ्जमा जनस्तरबाट पुनर्स्थापित स्वर्गीय राजा वीरेन्द्रको शालिकमाथि सरकार पक्षबाट तोडफोड र सर्वसाधारण जनतामाथि धरपकड गरिएको आरोप लगाएका हुन् ।
उनीहरुले केही बेरअघि आयोजना गरेको विरोध सभामा सामन्ती गृहमन्त्री राजीनामा दे भनेर नारा लगाएका हुन् । राप्रपा जिन्दावाद भन्दै उनीहरुले राजसंस्था जिन्दावाद, श्री ५ वीरेन्द्र अमर रहुन्, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छलगायत नारा घन्काएका हुन् । राजा वीरेन्द्र र उनको परिवारको २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डमा वंश विनास भएको थियो ।
काठमाडौ महानगर कमिटिका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राप्रपा काठमाडौं अध्यक्ष एवम् पार्टीका केन्द्रीय सदस्य नवराज सिंखडाले बोलेका थिए । त्यसैगरि शाही शक्ति नेपालका अध्यक्ष मिलेन्द्रराज भण्डारी, वीर गोर्खालीका अध्यक्ष सन्तोष सिलवाल (राजावादी), शिवसेना नेपालका केन्द्रीय सदस्य कुमार बस्नेतलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू