राउतले त्यसरी नरोकेको भए...
सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्ति गर्न अनिच्छा प्रकट गरेको आरोप प्रधानन्यायाधीश प्रकाशमानसिंहमाथि लगाइन थालेको छ । प्रधानन्यायाधीश भएपछि न्यायपरिषद् सदस्य रहेका वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको दुई महिना कार्यकाल बाँकी थियो । यस अवधिमा रिक्त न्यायाधीश सिफारिस र नियुक्त गर्न सक्ने स्थिति थियो । त्यसबेला १५ दिन दशैं बिदा मनाए पनि बाँकी दिनमा गृहकार्य गर्न सकिन्थ्यो । तर, राउतले अनिच्छा प्रकट गरेकै कारण समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको दाबी स्रोतको छ । यसअघिका प्रधानन्यायाध…