बद्रीप्रसाद पाण्डे

विमानस्थलमा मन्त्रीको चार घण्टा लामो छलफल, यात्रु पाँच घण्टा लाइनमा

छड्के निरीक्षणमा गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार घण्टा बिताउनुभएको छ । बिहान सवा ८ बजे विमानस्थल पुगेर दिउँसो साढे १२ बजे त्यहाँबाट बाहिरिनुभएको बताइन्छ ।  त्यस क्रममा मन्त्री पाण्डेले आन्तरिक छलफल तथा विमानस्थलको स्थलगत अवलोकन गर्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलासहितका पदाधिकारी र मन्त्रीबीच बैठक हलमा भएको लामो छलफलमा निरौलाले विमानस्थलको समग्र अवस्थाबारे…