भेटघाट

भारतले हेपेपछि पाकिस्तान जाने पालो

भारतले आफूलाई भ्रमणको निम्ता नदिएको जवाफ चीन पुगेर बिआरआईमा हस्ताक्षरमार्फत् दिने केपी ओलीले अघिल्लो मंगलबार पुस ९ गते पाकिस्तानी राजदूत अब्रार हास्मीसँग भेट्दा इस्लामावाद जान तयार रहेको संकेतसहित दक्षिणलाई अर्को सन्देश दिनुभएको छ । आफ्नो विदेशमन्त्री आरजु देउवालाई भारतले चार महिनाअघि गरेको भव्य व्यवहार र अहिले देखाएको स्वागत बीचमा आकाश जमिनको अन्तरको प्रतिक्रियास्वरुप नयाँ ढंगले भारतलाई जवाफ दिएको हो । स्रोतका अनुसार अहिले भारतलाई देखाउने गरी पाकिस्तान भ्रमण गर्न त्यहाँक…