भेटघाटअघि राष्ट्रियसभा अध्यक्ष माओको समाधिस्थलमा

भेटघाटअघि राष्ट्रियसभा अध्यक्ष माओको समाधिस्थलमा

छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनियाँ क्रान्तिका नेता तथा अध्यक्ष माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

बेइजिङको थ्यानमन स्क्वायरमा रहेको माओको समाधिस्थलमा पुगेर उहाँले आज श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । 

नौ सदस्यीय संसदीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले आजै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।


 

टिप्पणीहरू