रविले अब ६५ लाख तिरे पुग्ने

रविले अब ६५ लाख तिरे पुग्ने
सुन्नुहोस्

पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालतबाट हिजो भएको आदेशबमोजिम  प्रतिवादीहरुलाई धरौटीमा छुट्न सुविधा दिइएको पाइएको छ । फरारबाहेक अदालतमा उपस्थित  रवि लामिछाने,छबिलाल जोशीसहित सातै जनालाई धरौटी रकम तोकेपछि छ जना राति नै छुटेका छन् । 

रवि लामिछानेलाई न्यायाधीश नितिज राईको इजलासले ६५ लाख धरौटी तोक्दै ‘कसूरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन’ भन्ने आदेश दिनुको अर्थ झण्डै २८ करोड बिगो दाबी गरिए पनि उनको देखाइर्स्।

हिजोको आदेशबारे कास्की जिल्ला अदालतका एक जना कर्मचारीले भने, ‘उक्त काण्डमा लामिछानेको जिम्मेवारी६५ लाख रुपैयाँ मात्रै हो । अर्थात् सहकारी ठगी अपराधमा उनको भार ६५ लाख भन्ने अर्थ लाग्छ । छबि जोशीलाई ८८ लाख, लीला पछाइलाई ३७, रामबहादुर खनाललाई १२ लाख भन्नुको अर्थ बाँकी सबै हाल फरार जिबी राईको थाप्लोमा हालिनु हो ।’ 

अदालतले वित्तीय अपराधको रुपमा व्याखा गरेको सूर्य दर्शन सहकारी ठगी काण्डको मुद्दा वर्षौंसम्म लम्बिने निश्चित झैँ भएको छ । एकातिर धेरै प्रतिवादी भएको मुद्दामा हिजोको आदेशपछि जिल्ला सरकारी वकिलको कार्यालय पुनरावेदनका लागि उच्च अदालतमा जाने बताइन्छ । उच्चबाट जे जस्तो आदेश भएपनि वादी वा प्रतिवादी पुनः पुनरावलोकनका लागि सर्वोच्च जाने भएकाले कम्तीमा पाँच वर्ष मुद्दा लम्बिने कानुन व्यवसायीहरुको तर्क छ ।

टिप्पणीहरू