बालुवाटारमा बेलुका क्याबिनेट बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
आज बेलुका ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । क्याविनेट बैठकमा मन्त्रालयगत बिबिध एजेण्डामा छलफल हुने जनाइएको छ ।
मन्त्रिपरिषद्को बैठक सामान्यता साताको सोमबार र बिहीबार बस्ने गर्दछ । तर, हिजो बस्न नसकेपछि आज बोलाइएको हो ।
टिप्पणीहरू