चीनको हार्बिनमा दोस्रो पटक हिउँदे एसियाली खेलकुद
चीनको उत्तरपूर्वमा रहेको हार्बिन शहरमा हिउँदे एसियाली खेलकुदको तयारी अन्तिम अवस्थामा पुगेको छ । उक्त शहरमा यो खेलकूद दोस्रोपटक हुन लागेको हो । यसअघि तेस्रो संस्करण पनि हार्बिनले सन् १९९६ मा सफलतापूर्वक आयोजना गरिसकेको छ ।
यस पटकको ओलम्पिक आगामी फेब्रुअरी ८ मा शुरु हुँदैछ । एशियाका ३४ देशका एक हजार २७५ खेलाडीले नाम दर्ता गराइसकेका छन् । तीमध्ये ७५५ पुरुष र ५२० महिला खेलाडी हुनेछन् । यस पटकको नारा ‘हिउँदको सपना, एसियाभरी माया’ रहेको छ ।
खेलकूदमा आइसहकीलगायत हिउँमा खेलिने खेलहरु समावेश गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसियाका महानिर्देशक हुस्सेन अल मुसल्ल्मले भने, ‘एसियाको ओलम्पिक इतिहासमा हार्बिनमा हुने नवौं एशियाली हिउँदे खेलकूद पनि निःसन्देह रुपमा अर्को सफलता हुनेछ ।’
टिप्पणीहरू